
भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट जनता समाजबादी पार्टी नेपालका केन्द्रिय सदस्य दिल बहादुर तामाङको उम्मेदवारीले सत्ता गठबन्धन कांग्रेस र प्रतिपक्षी दल एमालेका उम्मेदवारमाथि दबाब सिर्जना भएको छ।
उनीहरुले तिनपक्षिय प्रतिस्पर्धा हुने आँकलन गरेका मात्रै छैनन् तामाङले आफ्नो जातिय मत सहित गठबन्धनबाट असन्तुष्ट पंक्ति र महेश बस्नेत बिरोधि तप्कालाई आफ्नो समर्थनमा ल्याउने रणनीतिमा सफल भए उक्त क्षेत्रमा तामाङको जित सुनिश्चित देखिन्छ।
त्योसो त भक्तपुरमा युवाहरूमाझ निकै नजिक रहेर समाजसेवी को गतिविधिमा लागेका कारण निकै परिचित रहेकोले उहाँको निर्वाचन चिन्ह छातामा मत हाल्ने निर्णय एउटा क्लबले गरिसकेको समेत स्थानीय युवाले बताए।संयुक्त अधिराज्य बेलायतमा समेत पुगेर आधुनिक संसदीय राजनीतिक प्रणालीको अभ्यासलाई नजिकबाट अध्ययन गरेका तामाङले राजा र संसदबिचको ब्यबस्थापन सहित निरन्तर अघि बढेको शासनका बारेमा समेत गहिरो अध्ययन छ।नेपालमा अस्थिर,अनिश्चित र अन्यौलतातर्फ उन्मुख र निकै संकट नजिक पुगेकोले संसदीय ब्यबस्था मा राज्यका तीन शाखा(कार्यपालिका,ब्यबस्थापिका र न्यायपालिका)लाई संबिधानको सर्बोच्चता मा बाँध्ने र त्यसपछी सुशासन कायम गर्न सकिने उहाँको बुझाई रहेको छ।
पुराना सत्तामा मनोरञ्जन गरिरहेका साथिहरुले संघीयता को मर्म बिपरित स्थानीय सरकारले गर्ने र गरिरहेका काम आफू गर्छौ भनेर संबिधान बिरोधि एजेन्डा लिएर जनतालाई झुक्याएर फेरि लाभान्वित हुने गतिविधि गर्दैछन उनीहरुको त्यस्ता झुट,भ्रम र गैर-राजनीतिक चरीत्रले नै सचेत मतदाताले आफुलाई जिताउने मा ढुक्क रहेको बताए।
उहाँले माथीबाट बिग्रेको र संबिधानबादको सिद्धान्त भन्दा माथी नेता र पार्टी हुन भन्ने भ्रम तथा सार्बभौमसत्ता सम्पन्न नागरिकलाई केवल करदाताका रूपमा राज्यका आम्दानी स्रोत ठान्ने नेपाली राजनीतिलाई सुधार्न र जनतासंग सम्झौता गरेर नितिनिर्माण तहमा पुगेर जनताको सेवा गर्ने राजनीतिक ब्यबस्थालाई सहि बाटोमा ल्याउनु आफ्नो उम्मेदवारी रहेको र आर्थिक संकट बाट उत्पादन हुने गरिबी,बेरोजगारी र भ्रष्टाचारजन्य कुशासन बाट मुलुक घरेलु युद्धमा जाने अवस्थाबाट बचाउने आफ्नो दायित्व रहेको समेत बताए।







