
काठमाडौं, शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । जोशीको पारिवारिक स्रोतअनुसार १०३ वर्षिय जोशीको ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा आज बिहान निधन भएको हो ।
उनलाई मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि गत असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो ।
रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो ।







