
काठमाडौं, बिदेशी मुलुकमा अलपत्र तथा समस्यामा परेका नेपालिहरुको उद्वार उडानको नयाँ तालिका पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको छ । जसमा मन्त्रालयका अनुसार दैनिक पाँच नेपालीलाई स्वदेश उद्वार गरिनेछ ।
उक्त नयाँ तालिकाअनुसार भदौ ९ गते साउदी अरेबियाबाट एयर अरेबियाले उडान गर्नेछ । यस्तै १० गते आबुधाबीबाट फ्लाई दुबईले उडान गर्ने भएको छ । यस्तै ११ गते नेपाल एयरलाइन्सले रियादबाट, हिमालयन एयरलाइन्सले दम्मामबाट र टर्किस एयरले इस्तानबुलबाट उद्धार उडान गर्नेछन् । टर्किस र कतार एयरलाइन्सले एक पटकमा एक सय जनाभन्दा बढी यात्रु ल्याउन नपाउने भएका छन् ।
योभन्दा अघि ती एयरलाइन्सले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड मिचेर जहाजभरि यात्रु ल्याइरहेका थिए । अहिले मन्त्रालयले ती दुई एयरलाइन्सलाई किटान नै गरी एक सयभन्दा बढी यात्रु नल्याउन निर्देशनसमेत जारी गरेको छ







