
काठमाडौं, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आज गोरखा दरबारको अवलोकन गरेका छन् । आज विहान भने दाहालले गोरखा दरबारको अवलोकन गरेका छन् ।
आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि दाहालले गोरखा–२ बाट प्रतिनिधिसभाको लागि उम्मेदवारी दर्ता गराएका छन् भने उनी पाँच दलीय गठबन्धनको साझा उम्मेदवार हुन ।



उनसँगै साथमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जिल्लाका नेता तथा कार्यकर्तासहित दरबार अवलोकनमा गएका थिए ।







