
भक्तपुर, भक्तपुरमा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिल्लाको चाँगुनारायण नगरपालिका-५ स्थित पिखेलमा आज स्कुटर र बाईक आपसमा ठोक्किदा दुई जना घाइते भएका हुन् ।
शुक्रबार दिउँसो ३ बजेर १५ मिनेटमा बा.८५ प ७९८ नम्बर को स्कुटर र ००५ प ७२६१ नम्बरको बाईक आपसमा जुधेर सो दुर्घटना भएको हो ।


घटनास्थलमा उपस्थित हवल्दार रामु सापकोटाका अनुसार सो दुर्घटनामा परि चाँगुनारायण नगरपालिका-४ का ३८ वर्षिय दिनेश सुनार (स्कुटर चालक) र सोही नगरपालिका-५ का २६ वर्षिय विवेक के.सि (बाइक चालक) घाइते भएका हुन् ।
उनिहरुको हाल भक्तपुर अस्पतालमा उपचार भैइरहेको छ । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।







