
काठमाडौं, शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्यमा फेरि पनि गडबड देखिएको छ । उनको शरीरमा अक्सिजनको मात्रा घटेपछि आईसीयूमा राखेर थप उपचार थालिएको छ ।
किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रमुख प्रा.डा. सुरज बज्राचार्यका अनुसार आज फेरि स्वास्थ्यमा गडबड भएर क्याबिनबाट आईसीयूमा सारिएको हो ।
स्वास्थ्य अवस्था केही सुधार भएपछि हिजो उहनलाई आईसीयूबाट क्याबिन सारिएको थियो ।
हाल जोशीलाई प्रतिमिनेट ३० लिटर हाइफ्लो अक्सिजन दिनुपरेको छ ।
यसअघि डेंगु संक्रमण भएपछि किष्ट मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका थिए ।







