
काठमाडौं, यस वर्षको एसईई चैत दोस्रो हप्ता हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले शैक्षिक सत्र २०७९ को सार्वजनिक भएको कार्यतालिका अनुसार एसईई परीक्षा चैतको दोस्रो सातादेखि हुने भएको हो ।
यसैगरी नतिजा भने २०८० असार तेस्रो हप्ता सार्वजनिक गरिने बोर्डले जनाएको छ ।
आवेदन फाराम छपाई र वितरण कार्तिक मसान्तसम्म, जिल्लाले आवेदन फाराम भराउने मंसिर मसान्तसम्म गर्नुपर्ने छ । यसैगरी गत वर्षको रजिष्ट्रेसन तथा यस वर्षको आवेदन फाराम इन्ट्री पुष मसान्तसम्म गराउनुपर्ने सुचनामा उल्लेख गरिएको छ ।







