
काठमाडौं, निर्देशन अनुसार बागी उम्मेदवारी फिर्ता लिनेलाई सत्ता गठबन्धनले धन्यवाद ज्ञापन गरेको छ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले बुधबार संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै धन्यवाद ज्ञापन गरेकाे हो।
यसैगरी, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव सर्लाही क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा गठबन्धनको साझा उम्मेदवार भएको विज्ञप्तिमार्फत जानकारी गराइएको छ।
सर्लाहीको क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा सुनिल शाह र प्रदेशसभा २ मा कौशल किशोर राय यादव गठबन्धनको साझा उम्मेदवारभएको छ।







