
जनता समाजवादी पार्टी (जसपा) सत्तारुढ गठबन्धनबाट बाहिरिएको छ ।आसन्न चुनावका लागि तालमेल गर्दा सत्तारुढ गठबन्धनले पर्याप्त सिट नदिएपछि जसपा गठबन्धनबाट बाहिएकाे हाे।
उच्च स्रोतका अनुसारजसपा एमालेसँग नजिकिएको छ ।आसन्न चुनावमा एमाले र जसपाबीच तालमेल गर्न अध्यक्षद्वय केपी शर्मा ओली र उपेन्द्र यादवले गहन छलफल गरिरहेका छन् । बिहीवार दिउँसोदेखि दुवै अध्यक्षबीच ३–४ घण्टादेखि गोप्य छलफल चलिरहेको छ ।
छलफलमा मधेश प्रदेशका ३२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १६/१६ सिट बाँडफाँट गर्ने सहमति नजिक पुगेको स्रोतले जनाएको छ । मधेशबाहिर अन्य प्रदेशमा जसपाले ९ सिट पाउने भएको छ ।
यसरी एमालेसँग मिल्दा जसपाले प्रतिनिधि सभाका २५ सिट पाउने भएको छ । गठबन्धनले जसपालाई प्रतिनिधि सभाका १५ सिट मात्रै दिन खोजेको थियो ।







