
काठमाडौं, नेपालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घन्टामा देशभरबाट २६२४ नमूना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८२५ र एन्टिजेनबाट १७९९ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ३९ र एन्टिजेनबाट १४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ८४ जना कोरोनामुक्त भएका छन् भने हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ हजार १७८ पुगेको छ ।







