
सल्यान, सल्यानको वागचौर नगरपालिका १२ बाफुखोलामा आएको पहिरोका कारण ओखरेनी गाउँमा २५ घर विस्थापित भएका छन ।
गाउँमा पहिरोको उच्च जोखिममा परेपछी स्थनियहरु विस्थापित भएर देउपुरिस्थित दुर्गा सरस्वती माविमा आश्रय लिइरहेका छन । पहिरोले ३ घर बगाएपछी गाउँभरिका सयौंले घर छाडेर बिद्यालयमा बसेका छन ।
अहिले पनि घरभित्रबाटै पानीको मूल फुटेको, घरहरु भासिएको तथा घर वरिपरि पहिरो गएर घर पहिरामा पुरिने अवस्था भएकाले गाउँलेहरु विद्यालयमा बसेको स्थानीय वीरसिंह डाँगीले जानकारी दिएका छन । “यस ठाउँमा सय वर्ष पहिले यस्तै खालको पहिरो गएको हो भन्ने सुनेका थियाँै, आज आफ्नै आँखाले यस्तो विजोग देख्नुपर्यो”, उनले बताए ।







