
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरिएको छ ।राष्ट्रपति भवनमा बुधबार आयोजित समारोहमा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सो प्रतिवेदन पेस गर्नुभएको हो ।
संविधान अनुसार, सबै संवैधानिक निकायले वर्षभरि सम्पादन गरेका कार्यहरूको विवरण समावेश भएको प्रतिवेदन पेस राष्ट्रपतिसमक्ष पेस गर्ने संवैधानिक व्यवस्था छ ।







