
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणित गर्न अस्वीकार गरेपछि सत्ता गठबन्धनले राष्ट्रपतिको विरोध गरिरहेका बेला उपराष्ट्रपति नन्दवहादुर पुनले पनि सोही पक्षमा बोलेका छन् । उपराष्ट्रपतिले आज एक वक्तव्य जारी गर्दै राष्ट्रपतिको आलोचना गरेका हुन् ।
पुनले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत जनआवाज उठिरहेको जनाएका छन् ।








