
पाल्पा, कोरोना पुष्टि भए नभएको परिक्षणमा सहजता ल्याउन पिसिआर मेसिन जडानको लागि पाल्पामा एक करोड निकासा गरेको छ । नेपाल सरकारले उक्त मेसिन खरिद गर्न सक्ने गरि रकम निकासा गरेको छ ।
बढ्दो कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै परिक्षणको दायरा फराकिलो बनाउन मेसिन जडान गर्न लागिएको हो । पाल्पा जिल्लामै कोभिड-१९ सङ्क्रणको पिसिआर परिक्षण गर्ने विधि नहुँदा समस्या भएपछी सरकारसँग बजेट माग गरि मेसिन खरिदका लागि रकम निकासा भएको पाल्पा क्षेत्र नं. २ का सांसदले जानकारी दिएका छन ।







