
काठमाडौं, सरकारले गठन गरेको विज्ञ समूहले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि अध्ययन प्रतिवेदन प्रधानमन्त्री शेर बहादुर देउवालाई हस्तान्तरण गरेको छ ।
आइतबार बिहान सरकारी निवास बालुवाटारमा पुगेर विज्ञ समूहले सर्वोच्च अदालतको आदेश अनुसार पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अध्ययन प्रतिवेदन प्रधानमन्त्री देउवालाई हस्तान्तरण गरेको हो ।
नेपालको दूरगामी विकास तथा आर्थिक समृद्धिको लागि बढ्दो हवाई ट्राफिक धान्न सक्ने पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको विज्ञ समूहको निष्कर्ष रहेकाे पर्यटनमन्त्री जीवनराम श्रेष्ठले बताए ।
यसअघि सर्वोच्च अदालतको आदेश अनुसार पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्रिपरिषद्को गत साउन २६ गतेको निर्णयानुसार विज्ञ समूह गठन भएको थियो ।







