
काठमाडौं, थप ११० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घन्टामा देशभरबाट ३८२७ नमूना परीक्षण गर्दा ११० जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १७५२ र एन्टिजेनबाट २०७५ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ६० र एन्टिजेनबाट ५० नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा थप १२६ जना कोरोनामुक्त भएका छन् । कोरोनाका कारण एक जनाको मृत्यु भएको छ ।
हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या २०६२ पुगेको छ ।







