
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको दल नेकपा एकीकृत समाजवादी पार्टीले ३ प्रतिशत मत पनि नकटाउने बताएका छन् । मंगलबार पोखरामा नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलनको आज उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् ।
नेपालको दलप्रति व्यङ्ग्य गर्दै ओलीले भने,‘यो भविष्यवाणी लेखेर राख्नुहोस्, माधव नेपालले ३ प्रतिशत पनि कटाउँदैनन्, एक सिटसम्म जिताइदिनू ।’
प्रतिनिधिसभामा राष्ट्रिय पार्टी बन्न कम्तिमा एक सिट जित्नुपर्ने र ३ प्रतिशतको थ्रेसहोल्ड कटाउनुपर्ने व्यवस्था छ ।







