
काठमाडौं, नेपालमा थप २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरबाट ५०५९ नमूना परीक्षण गर्दा २०३ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १३०० र एन्टिजेनबाट ३७५९ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ८७ र एन्टिजेनबाट ११६ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १२६ जना कोरोनामुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २२३२ पुगेको छ ।







