
काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेसका प्रमुख ली चान्सुबीच भेटवार्ता भएको छ । आज नयाँ बानेश्वरस्थित संसद भवनमा प्रचण्ड र चान्सुबीच भेटवार्ता भएको हो ।
यसैगरी प्रचण्डलगायत माओवादी नेता र चिनियाँ प्रतिनिधिमण्डलबीच आपसी सहयोग र द्विपक्षीय हितका बारेमा छलफल भएको हो ।
लीले प्रचण्डलाई भेट्नुअघि लीले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए ।







