
काठमाडौं, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग सिफारिस समिति बैठक बस्दैछ । सो बैठक आज दिउँसो १ बजे बस्दैछ ।
अब समितिले जबरालाई सोध्न अब ८ वटा प्रश्न मात्रै बाँकी छन् भने बयानका लागि ४३ वटा प्रश्न तयार पारिएका छन् ।
यसअघि समितिले आइतबार मात्रै जबरासँग २४ वटा प्रश्न सोधेको थियो । बयान दिने क्रममा जबराले आफ्ना सहकर्मी न्यायाधीशहरुमाथि पनि विभिन्न आरोप लगाएका छन् ।







