
काठमाडौं, नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेसका प्रमुख ली चान्सु र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनमा ओली र चान्सुबीच भेटवार्ता भएको हो ।
भेटमा एमाले प्रतिनिधि मण्डल र ली नेतृत्व प्रतिनिधिमण्डलबीच आपसी सहयोग र द्विपक्षीय हितका बारेमा छलफल भएको छ । ओलीलाई भेट्नुअघि लीले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई भेटेका थिए ।







