
काठमाडौं, नेपालमा सोमबार थप १ सय ७९ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४९ सय ५९ जनामा गरिएको परीक्षणमा १२७ पीसीआर र ५२ एन्टीजेन विधिबाट उक्त संक्रमण पृष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १७१ जना संक्रमित निको भएका छन् । मन्त्रालयको अनुसार सोमबार संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
यसैगरी हाल देशभर २२ सय ७१ सक्रिय संक्रमितको संख्या रहेको छ ।







