
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश बचाउन मात्र नभई एमालेलाई बहुमत आवश्यक रहेको बताएका छन् । आज जनकपुरधाममा नेपाल बुद्धिजीवी परिषदको प्रथम मधेस प्रदेश अधिवेशन उद्घाटन गर्दै ओलीले
यस्तो बताएका हुन् ।
उनले एमालेलाई सरकारमा जान मात्रै नभएर मुलुकलाई बचाउन, समृद्धिको बाटोतर्फ अघि बढाउन बहुमत आवश्यक रहेको बताएका हुन् । एमालको नेतृत्वमा मात्रै देशका शिक्षा, स्वास्थ्य पूर्वाधार लगायतको विकास हुने बताए ।
यसैगरी आगामी निर्वाचनले देशप्रति समर्पित सरकार दिन सक्नुपर्ने उनको भनाई छ ।







