
काठमाडौं, चीनका सभामुख तथा राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल आएका छन् । उनी सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका हुन् ।
यसैबीच उनको स्वागतका लागि सभामुख अग्निप्रसाद सापकोटा विमानस्थल पुगेका थिए भने यसअघि सभामुख सापकोटाको निमन्त्रणमा ली नेपालको औपचारिक भ्रमणमा आएका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार आज सभामुख सापकोटा र समकक्षी लीबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ साँझ सोल्टी होटलमा रात्रीभोजको आयोजना गरिएको छ ।
यसैगरी लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार र प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार शिष्टाचार भेट गर्ने छन् ।








