
जनकपुरधाम, एमाले अध्यक्ष केपी शर्मा ओली जनकपुरधाम पुगेका छन् । पार्टीको आमसभा सम्बोधन गर्न उनी सोमबार जनकपुरधाम पुगेका हुन् ।
उनलाई नेता तथा कार्यकर्ताले जनकपुरधाम विमानस्थलमा स्वागत गरेका थिए । आज जनकपुरको तिरहुतियागछीमा एमाले जिल्ला कमिटीले आमसभा आयोजना गरेको छ ।
सो आमसभामा हजारौंको संख्यामा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्ने कार्यक्रम राखिएको छ ।
यसैगरी नोपली कांग्रेसका नेता सन्तोष यादवसहित नेताहरु पार्टी प्रवेश गर्ने तयारी रहेको एमाले धनुषाले जनाएको छ ।







