
काठमाडौं, बलात्कारको आरोप खेपेर प्रहरीको छानबिनको क्रममा रहेका निलम्बित नेपाली क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेलाई अध्यागमन विभागले कालोसुचीमा राखेकोमा अभिनेत्री रिमा विश्वकर्माले आपक्ति जनाएकी छिन् ।
आरोप लगाएकै भरमा दोषी सावित नहुँदै लामिछानेलाई कालोसुचीमा राख्नु न्यायपुर्ण नहुने उनको भनाई छ ।
सोमबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले भनेकि छन्,“सन्दिप लामिछाने दोषी होलान् या निर्दोष यो त छानबिनपछि नै थाहा होला । दोषी भएमा उनले देशको कानुन बमोजिम सजाय पाउनु पर्छ, अपराधिले कुनै पनि हालतमा उनमुक्ति पाऊनु हुदैन । तर, आरोप लगाएकै भरमा राज्यले छानबिनकै क्रममा रहेको विषयमा दोषी नै भए जसरी एक अन्तराष्ट्रिय स्तरको रास्ट्रिय खेलाडीलाई कालो सुचीमा राख्नु कतिसम्म न्यायपुर्ण छ ?”








