
काठमाडौं, हाल सत्तारुढ गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको हो ।
सो बैठकमा आसन्न निर्वाचनका लागि सिट बाँडफाँट गर्ने विषयमा छलफल भइरहेको छ भने आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँट गरेर गठबन्धन जान लागेको हो ।
बैठक सिट बाँडफाँटमा केन्द्रित रहेको छ । भने कार्यदलले दिएको सुझावका आधारमा शीर्षनेताले सिट बाँडफाँट गर्ने भएका हुन् ।







