
काठमाडौं, न्यायको माग गर्फै राजधानी आएर मिटर ब्याज पीडितहरुले गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । सोमबार मिटर ब्याजका कारण समस्यामा परेको भन्दै न्याय माग्न काठमाडौं आएर प्रदर्शन गरिरहेका पीडितले कीर्तिपुरमा प्रदर्शन गरेका हुन् ।
यसैगरी प्रदर्शनमा सहभागीलाई लाठी हान्दै प्रहरीले पक्राउ गरेको छ । तर, प्रदर्शनमा सहभागी ५०-६० जना सबैलाई प्रहरीले पक्राउ गरेको हो । सोही क्रममा केही प्रदर्शनकारी घाइते समेत भएका छन् ।







