
काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा थप ८१८ जनामा कोरोना पुष्टि भएको छ । उक्त सङ्क्रमितमध्ये १६६ जना काठमाडौंका रहेका छन । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।
नेपालमा आइतबार कोरोनामुक्त भई २८१ जना डिस्चार्ज भएर घर फर्किसकेका छन भने हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १८ हजार ६ सय ३१ रहेको स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्रा.डा.जागेश्वर गौतमले नियमित प्रेस ब्रीफिङमा बताएका छन ।
देशभर क्वारेन्टाइनमा रहनेको सङ्ख्या ११ हजार ४ सय १४ रहेको छ । कोरोना संक्रमणको कारण आज थप ३ जनाको मृत्यु भएको छ भने मुलुकभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १४९ पुगेको छ ।







