
काठमाडौं, शुक्रबार देशभरबाट ३२९४ नमूना परीक्षण गर्दा १५२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार
कोरोनाको कारण थप दुई जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा १३३ जना संक्रमित निको हुँदा दुई जनाको मृत्यु भएको हो । पीसीआर विधिबाट ११८६ र एन्टिजेनबाट २१०८ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ११० र एन्टिजेनबाट ४२ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २४४८ पुगेको छ ।







