
काठमाडौं, नेपालमा गत २४ घन्टामा थप २२७ जनामा कोरोना संक्रमण देखिएको छ । ४ हजार ४०१ नमूनाको परीक्षण गराएकोमा २२७ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १३७ र एन्टिजेनबाट ९० जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी बिहीबार कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ भने बुधबार कोरोनाबाट दुईजनाले ज्यान गुमाएका थिए ।
आज थप १६८ जना कोरोनामु्क्त भई डिस्चार्ज भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २४७३ रहेको छ ।







