
काठमाडौं, एक महिनाको अवधिमा युनाइडेट अरब इमिरेट्स (युएईमा) २४ जना नेपालीको मृत्यु भएको छ । युएईस्थित नेपाली दूतावासका अनुसार गत साउन महिनामा वैदेशिक रोजगारीको सिलसिलामा युएई जानेहरुमध्ये २४ जनाकी मृत्यु भएको हो ।
यसअघि गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीको सिलसिलामा युएई गएकामध्ये १७४ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमध्ये १६७ जनाको शव नेपाल ल्याइएको थियो भने ७ जनाको अन्तिम संस्कार युएईमा नै गरिएको थियो ।
यसैगरी गत आर्थिक वर्ष युएईमा मृत्यु भएकाको परिवारलाई सम्बन्धित कम्पनीले क्षतिपूर्ति स्वरुप ३२ लाख ७५ हजार ७६३ युएई दिराम प्रदान गरेका थिए ।







