
काठमाडौं, प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले निजामती सेवालाई थप सक्षम र सुदृढ बनाउँदै लैजाने सरकारको योजना रहेको बताएका छन् ।
यसअघि २०१३ साल भदौ २२ गते निजामती सेवालाई व्यवस्थित तरिकाले सञ्चालन गर्ने उद्देश्यले निजामती सेवा ऐन जारी गरिएको थियो।
बुधबार १९औँ निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै निजामती सेवालाई सशक्त बनाई सरकारी सेवा प्रवाहलाई अझ चुस्त बनाउन र विकास निर्माण कार्यलाई गति दिनुपर्ने आवश्यकता रहेको उनले बताए ।
राज्य सञ्चालनदेखि विकास निर्माण र सेवा प्रवाह कार्यलाई निरन्तरता दिने काममा निजामती प्रशासनको महत्वपूर्ण भूमिका रहेको सन्देशमा उल्लेख छ ।
यसैगरी प्रधानमन्त्री देउवाले समयको परिवर्तनसँगै निजामती कर्मचारीलाई समयसापेक्ष तलब भत्ता तथा वृत्तिविकास व्यवस्थापन गरी उच्च मनोबलयुक्त र उत्प्रेरित राख्न सरकार प्रतिबद्ध रहेको बताए ।







