
सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी आइतबारको बैठक सकिएको छ।
कार्यदल सदस्य एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निरन्तर कार्यदलको बैठक बसेर सहमतिको निर्णय हुने जानकारी दिए। उनले न्यायोचित, सम्मानजनक र सबैले जितेको छु भन्ने भावनाका साथ सिट बाँडफाँट हुनेसमेत प्रष्ट पारे।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै भने, बैठक भोलि १ बजे बस्छ। कार्यदल लगातार बैठक बसेर सहमतिमा पुग्छ। न्यायोचित, सम्मानजनक र सबैले जितेको छु भन्ने भावनाका साथ सिट बाँडफाँट हुन्छ। त्यो निर्णय शीर्षस्थ तहमा पेश गर्छौ।”
लगातारको बैठकमा सिट बाँडफाँटको विषयमा गम्भीर छलफल भएको उनको भनाइ छ। “सबैले स्वामित्व लिएर हामी निर्णयमा पुग्छौं। त्यो निर्णयलाई जनताले अनुमोदित गरेर मुलुक फेरि अर्को दिशामा पुग्छ”, उनले भने।







