
काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परिक्षा नतिजा सार्वजनिक गरेको छ । परीक्षामा उच्च जीपीए ल्याउने ४ हजार १७९ रहेका छन् ।
बोर्डका अनुसार ३.६१ देखि ४ जीपीए ल्याउने परीक्षार्थीको संख्या ४ हजार १ सय ७९ रहेको छ भने बोर्डले नियमित ग्रेड वृद्धि र आन्तरिक परीक्षाको नतिजा सार्वजनीक गरेको हो ।
यसैगरी नियमिततर्फ ३ लाख ६३ हजार ८, ग्रेड वृद्धितर्फ ३० हजार ४५ र आंशिक ३ हजार १३२ परीक्षार्थी सहभागी रहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।







