
काठमाडौं, राष्ट्रिय सभाको बैठक आज पनि बस्दै छ । संसद् सचिवालयका अनुसार शुक्रबार दिउँसो ३ बजे बस्ने सो बैठकमा नागरिकता विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।
राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ सम्बन्धीत विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथि छलफल जारी रहने सम्भावित कार्यसूची छ ।
सम्भावित कार्यसूचीमा उल्लेख भए अनुसार उक्त विधेयक आज गृहमन्त्री बालकृष्ण खाणले पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछ ।








