
काठमाडौं, नेपालमा बुधबार थप २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मुलुकभर २ हजार ४ सय ८५ पीसीआर परीक्षणका क्रममा २ सय २४ जना र १ हजार ४ सय ३५ एन्टीजेन परिक्षणका क्रममा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने थप १ सय ७५ जना निको भएका छन् ।
यसैगरी अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ९४ आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।







