
काठमाडौं, महाअभियोग लागेसँगै निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको आजको बयान सकिएको छ । आज लामो समय कुरेर साढे १२ बजेदेखि सुरू बयान झण्डै साढे ३ घण्टा चलेको थियो ।
सोही क्रमलाई निरन्तरता दिँदै भोलि पुन: ११ बजे राणालाई बयानका लागि बोलाइएको छ ।
समितिका एक सदस्यले बताए अनुसार आजको बयानमा महाअभियोग सिफारिस समितिले राणासँग ४ वटा प्रश्नमा सवाल जवाफ गरेको थियो ।
समिति सदस्य प्रमोद साहका अनुसार उनीमाथि लागेका आरोपसँग सम्बन्धित जम्मा ६४ वटा सवाल सोधिनेछ । तीमध्ये २१ वटा प्रश्न बार एशोशिएशनले बुझाएको विवरणबाट छ ।







