
काठमाडौं, कांग्रेस महामन्त्री गगन थापालाई कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाउन प्रस्ताव गरिएको छ । आज बसेको कांग्रेस कास्की १ क्षेत्रीय समितिको बैठकमा गगनलाई उम्मेदवार बनाउन प्रस्ताव गरिएको हो ।
महामन्त्री थापा सो बैठकमा उपस्थित नभए पनि उनका साथीहरुले उनको तर्फबाट उम्मेदवारीका लागि आवेदन गरेका थिए ।
यसैगरी समितिले आकांक्षीहरूलाई बुधबार ३ बजेसम्म नाम प्रस्ताव गर्न आह्वान गरेको छ ।
कास्की १ बाट प्रत्यक्ष उम्मेदवार बन्न १६ जना इच्छुक देखिएका छन् भने समानुपातिकमा ६ जनाको इच्छा देखिएको छ ।







