
काठमाडौं, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका शीर्ष नेता शीतलनिवास पुगेका छन् । शीत निवास निकट स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नेताहरुलाई परामर्शका लागि बोलाएपछि उनीहरु शीतलनिवास पुगेका हुन् ।
पछिल्लो समय राष्ट्रपति भण्डारीले नागरिकता विधेयकबारे विभिन्न पार्टी र नागरिक अगुवाहरुसँग परामर्श गर्दै आएकी छन् । भण्डारी आफूले फिर्ता पठाएको विधेयक हुबहु प्रतिनिधि सभाबाट पास गरिएकोमा असन्तुष्ट छन् ।







