
काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।
बोर्डका अनुसार यसअघि गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन भएको परीक्षा नतिजा सार्वजनिक गर्ने तयारी रहेको हो ।
प्राविधिक त्रुटी नभए आज मंगलबार नै नतिजा सार्वजनिक हुने सम्भावना छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षा नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।







