
काठमाडौं, प्रतिनिधिसभाको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको वार्षिक प्रतिवेदन पेश भएको छ ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा समितिका सभापति नीरादेवी जैरुले समितिको वार्षिक प्रतिवेदन, २०७६ र एकीकृत प्रतिवेदन, २०७९ पेस गरेको हुन् ।
‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको वार्षिक प्रतिवेदन, २०७६’ र ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको एकीकृत प्रतिवेदन, २०७९’क पेस भएको छ ।
उनका अनुसार समिति गठन भएपश्चात् प्रतिवेदन तयारीको अवधिसम्म कूल ५३ बैठक भएको र संविधानमा उल्लेख भएका राज्यका विभिन्न नीतिमध्ये शिक्षा, स्वास्थ्य, अन्तर्राष्ट्रिय सम्बन्ध तथा विकाससम्बन्धी नीतिका विषयलाई प्रमुख प्राथमिकतामा राखी समितिको कार्ययोजना तयार गरी कार्यान्वयन गर्दै आएको छ ।







