
काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्दै छन् ।
नेपाली कांग्रेसका सभापति समेत रहेक देउवाले भण्डारीलाई भेट्न पार्टी पदाधिकारीसहित दिउँसो राष्ट्रपति भवन शितल निवास जाँदै छन् ।
कांग्रेसका एक पदाधिकारीले सञ्चारमाध्यमसँग भनेका छन्,‘‘राष्ट्रपति भण्डारीलाई भेट्न जाने खबर भर्खरै आयो । सरकारको प्रमुखभन्दा पनि कांग्रेसको पार्टी सभापति र पार्टी पदाधिकारीको हैसियतमा उहाँलाई भेट्न जान लागेका हौं ।’







