
काठमाडौं, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत विद्यालयका कर्मचारीलाई वार्ताका लागि बोलाएको छ । पछिल्लो समय सरकारले दिने तलबमा विभेद गरेको भन्दै विद्यालय कर्मचारीहरु आन्दोलित भएपछि सरकारले कर्मचारी परिषद्लाई वार्तामा बोलाएको हो ।
शिक्षा मन्त्रालयका कानुन उपसचिव विदुरराज गिरीका अनुसार कर्मचारीको आन्दोलनप्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ । शिक्षामम मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘विद्यालय कर्मचारीहरूको सेवा सुविधालाई व्यवस्थित किसिमबाट सम्बोधन गर्न विगतमा नेपाल शिक्षक महासंघबीच भएको सहमतिसँग सम्बन्धित कार्यसूचीमा समावेश गरिएको सन्दर्भमा सो विषयमा मन्त्रालयबाट अन्य निकायसँग समन्वय गरी समस्याको समाधान खोज्ने प्रयास जारी रहेको सबैलाई विदितै छ। यसै क्रममा ज्ञापनपत्रमा उठाएका मागहरूको विषयमा नेपाल शिक्षक महासंघमार्फत् छलफल तथा वार्तामा सहभागी हुन तथा हाल घोषणा गरिएको विद्यालय बन्दका कार्यक्रमहरू स्थगित गरी विद्यालयका दैनिक पठनपाठन सहज हुने वातावरण सिर्जना गर्न समेत मन्त्रालय अनुरोध गर्दछ।’
आफुहरुले पाउने सेवा सुविधासम्बन्धी मागहरू राखेर विगत केही दिनदेखि विद्यालय कर्मचारीहरू आन्दोलनरत छन् ।







