
काठमाडौं, नेपालमा पछिल्लो समय कोरोना संक्रमणको दरमा केहि सुधार आएको छ । गत २४ घण्टामा २०२ संक्रमित थपिँदा ४६२ निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट ३८३३ नमूना परीक्षण गर्दा २०२ जनामा संक्रमण पुष्टि भएको हो ।
पीसीआर विधिबाट २०६४ र एन्टिजेनबाट १७६९ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १६४ र एन्टिजेनबाट ३८ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो । हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३३१३ रहेको छ ।







