
काठमाडौं, सत्तारूढ दल नेकपा एमालेले जित्ने सम्भावना बढी र संसदीय भूमिका प्रभावकारी भएकालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज बसेको पार्टी केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै पार्टी उपमहासचिव पृथ्विसुव्वा गुरुङले सो जानकारी दिएक हुने ।
उनका अनुसार प्रत्यक्ष निर्वाचनमा सबै कुराका अतिरिक्त जित्ने सम्भावना बढी र संसदीय भूमिका प्रभावकारी भएकालाई नै उम्मेदवार बनाइनेछ ।
उनले भने, ‘प्रत्यक्ष निर्वाचित हुने क्षेत्रमा कतिपटक उम्मेदवार’ भन्ने तर्क व्यहारिक हुन्न। त्यहाँ पार्टीको जनाधारमात्र होइन निर्वाचन दाउपेच, आवश्यकता र लोकप्रियताको पक्षलाई समेत ख्याल गरिन्छ। समानुपातिक वा अप्रत्यक्ष निर्वाचन हुने स्थानमा जस्तो त्यहाँ निश्चित मत र पहिचान भएका मतदातामात्र हुँदैनन्। प्रत्यक्ष निर्वाचनमा प्रभावित हुने मतदाताको अर्थ रहन्छ। त्यसैले प्रत्यक्ष निर्वाचनमा सबै कुराका अतिरिक्त जित्ने सम्भावना बढी र संसदीय भूमिका प्रभावकारी भएकालाई नै उम्मेदवार बनाइन्छ। यो निर्वाचनको रणनीतिसँग सम्बन्धित विषय पनि हो।’







