
काठमाडौं, थप १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घन्टामा देशभरबाट २८३९ नमूना परीक्षण गर्दा १७३ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६४३ र एन्टिजेनबाट २१९६ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ६५ र एन्टिजेनबाट १०८ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।
यसैगरी पछिल्लो २४ घन्टाको अवधिमा थप ३९६ जना कोरोनामुक्त भएका छन् । अहिले देशभर सक्रिय संक्रमितको संख्या ३६१२ पुगेको छ ।







