
काठमाडौं, अवैध रुपमा सञ्चालन भैरहेका घर–टहरा भत्काउने अभियानलाई काठमाडौं महानगरपालिकाले जारी राखेको छ ।
यसै क्रममा शनिबार काठमाडौंको वनस्थली चोकबाट ढुङ्गेधारा जाने तर्फको सडक किनारामा अनधिकृत र अवैध रुपमा निर्माण गरिएका घर टहरा महानगरले भत्काइएको छ ।
महानगरीय प्रहरी प्रमुख राजु पाण्डेका अनुसार अवैध ढंगले निर्माण गरिएका ७ वटाभन्दा बढी टहरा भत्काइएको छ भने वनस्थली चोकबाट बालाजुतर्फ जाने सडकबाट नै घरमा राखेको ३ वटा भर्याङ पनि भत्काइएको छ ।







