
बुटवल, आज प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवल जाने भएका छन् । देउवाले रुपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड नं. १० रामनगरस्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज उद्घाटन गर्ने भएका छन् ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार त्यसका लागि प्रधानमन्त्री देउवा आज यहाँ आउने भएका हुन् ।
यसैगरी बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय सभासम्मेलनलाई मध्यनजर गरेर बुटवलमा यो सम्मेलन केन्द्र दुई चरणमा निर्माण पूरा गर्ने गरी विस २०७१ मा ठेक्का सम्झौता भएको हो ।







