
काठमाडौं, यस वर्ष सरकारले लागि ३ हजार खसी बोका तथा च्याङग्रा ल्याउने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड यसवर्षको दसैंका लागि ३ हजार खसी बोका ल्याउने निर्णय गरेको हो ।
खसी बोका तथा च्याङग्रा खरिद तयारी उपसमितिले यसका लागि ६ करोड ५० लाख रुपैयाँ बिनियोजन गरिसकेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिएका छन् ।
उनका अनुसार घटस्थापनाका केही दिनअघि काठमाडौंमा यसरी खरिद गरिएका खसी बोका तथा च्याङग्रा काठमाडौंमा आउनेछन भने घटस्थापनादेखि कम्पनीले विक्रिवितरण सुरु गर्नेछ ।







